तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते


सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार राति भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । 

घाइते ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए ।

Logo