नेपालथोकमा मिनी बस दुर्घटना, ३ जनाको ज्यान गयो, ५ घाइते
File Photo

काठमाडौं । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर ५ जना घाइते छन् ।

काठमाडौंबाट सिरहातर्फ जादैं गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । घाइतेलाई धुलिखेल पठाइएको छ । बसमा २८ जना सवार रहेको प्रहरीले जनाएको छ ।