आरजुकाे दाबी- ‘सांसदको धेरै संख्या हामीसँगै छ, अबकाे प्रधानमन्त्री शेरबहादुरजी नै’

आरजुकाे दाबी- ‘सांसदको धेरै संख्या हामीसँगै छ, अबकाे प्रधानमन्त्री शेरबहादुरजी नै’


नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् । 

आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ राणाले आगामी प्रधानमन्त्री देउवा नै बन्ने दाबी गरेकी हुन् । संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताइन् । 

उनले भनिन्– ‘जितेर आउनुभएको छ । उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो । तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ । त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै संख्या पनि हामीसँगै छ ।’
 
नेतृ राणाले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताए । 

Logo