सांसदहरुको लोगो बनाउन मात्र १६ लाख खर्च

सांसदहरुको लोगो बनाउन मात्र १६ लाख खर्च


सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।  त्यसको लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ ।

लोगो तयार भइसकेको छ । संघीय संसद सचिवालयले २ सय ७५ जना सांसदको लागि लोगो बनाएको हो । संसद सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सयको लागतमा तयार भएको हो । हिसाब गर्दा २ सय ७५ वटा सांसदको लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ । सचिवालयले केहि थान लोगो बढी  नै छाप्ने भएकाले १६ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको अनुमान छ ।

Logo