‘बैंकमा आलोपालो गरेर काम गर्नु’–राष्ट्र बैंक

‘बैंकमा आलोपालो गरेर काम गर्नु’–राष्ट्र बैंक


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आलोपालो गरेर काम गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि राष्ट्र बैंकले भीडभाड कम गर्ने उद्देश्यले राष्ट्र बैंकले आलोपालो काम गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले सबै कर्मचारीलाई एकै पटक काममा नलगाउन भनेको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै समूह विभाजन गरी आलोपालो काम गर्ने गरी ब्यवस्था मिलाउन भनेको हो ।

कोरोनाका कारण विभिन्न स्थानमा लकडाउन भइरहेको तथा कतिपय ठाउँमा निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर बिजोर प्रणाली लगायतको व्यवस्था भइरहेकाले वर्क फ्रम होम’ को ब्यवस्था मिलाएर काम गराउन निर्देशन दिएको छ ।

Logo