माधव नेपाल अस्पतालबाट शपथ ग्रहणका लागि संसद भवन जाने

माधव नेपाल अस्पतालबाट शपथ ग्रहणका लागि संसद भवन जाने


अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् । 

रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएर उपचार भइरहेको छ ।

Logo