जनपेक्षाअनुसारको भुमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

जनपेक्षाअनुसारको भुमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा


प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा ज्येष्ठ सदस्य सभामुख जबराले यस्तो बताएका हुन् । उनले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए । जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने पनि उनले बताए । 

उनले भने, ‘यो पटक सदनको साथ सदस्य भएर यो सदनलाई थर्काउँछु । असल र इमान्दारीसाथ सभामुखको भुमिका निर्वाह गर्नेछु ।’ 

ज्येष्ठ सदस्य सभामुख जबराले ज्येष्ठ सदस्यको हिसावले आफूले कार्य सकेपछि सदनमा जनताका भनाइहरुलाई बुलन्द पार्ने बताए । 

Logo