कुटपिटबाट सिन्धुपाल्चोकमा एक पुरुषको मृत्यु

कुटपिटबाट सिन्धुपाल्चोकमा एक पुरुषको मृत्यु


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा  कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ ।

२९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए  ।

शनिबार बिहान साढे ४ बजे घाइते  मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

कुटपिटमा सम्लग्न  पासाङ लामा शेर्पा र उनका श्रीमान‍् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय वाह्रविसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Logo