सीके राउत पनि बालकोट पुगे

सीके राउत पनि बालकोट पुगे


जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार बिहानैदेखि राजनीतिक चहलपहल बाक्लो भैरहेका बेला सीके राउत पनि बालकोट वार्तामा मिसिन पुगेका हुन् । नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बोलाइएको हो ।  

सुरु देखि नै सत्तामा सामेल रहन तयार रहेको जनमत पार्टीबाट संसदमा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो ।

सत्ता गठबन्धनमा नयाँ सरकार बनाउन भागबण्डा नमिलेपछि हाल बालकोटमा ओलीसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राई लगायत नेता सहभागी छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको डेडलाइन सकिनुअघि दलहरू तीव्र छलफलमा जुटेका हुन् । सत्तारुढ गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि राजनीतिक समीकरण फेरिने देखिएको छ । 

Logo