#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व614967037049730493002729873
नेपाल140161176219

कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ भन्छन्- “वार्षिक ८ करोडको श्रमिक कल्याण कोष बनाउँछौं”

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि कोषाध्यक्षमा उम्मेदवार दिएका महेशकुमार श्रेष्ठले वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोष खडा गर्ने बताएका छन् ।

१० बुँदे घोषणापत्र जारी गर्दै श्रेष्ठले आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने, सचिवालयको खर्चमा मितव्ययिता अपनाउने लगायतका कुराहरु समेटेका छन्।

एनआरएनएको आर्थिक नीति अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउने प्रतिबद्दता व्यक्त गर्दै श्रेष्ठले नेपालीहरुले गरेको लगानीको प्रतिफल आउने गरी नीतिगत सुधार बताएका छन्। उनले भने, ‘मैंले १० बुँदे घोषणा पत्र मार्फत मेरा योजनाहरु सार्वजनिक गरिसकेको छु । गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहिता मेरो पहिलो प्राथमिकता हो ।’ त्यसबाहेक संस्थालाई एउटा मोडेल बनाउने योजना छ । बार्षिक आठ करोड संस्थामा भित्र्याउने स्पष्ट योजना मसँग छ । आर्थिक स्रोत जुटाउने अन्य थुप्रै योजनाहरु छन् ।’

बाग्लुङमा जन्मिएर श्रेष्ठ अध्ययनका सिलसिलामा २५ बर्षअघि जापान पुगेका थिए । उनी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार