दुर्घटनाका गम्भिर घाइते मण्डनदेउपूरका शुशीललाई उपचारमा आर्थिक अभाव
  • ज्ञानमणि नेपाल कालोटोपी
    कुन्तावेसी,काभ्रे

जिल्लाको मण्डनदेउपूर नगरपालिका ९ का शुशील नेपाल यतिबेला नर्भिक अस्पताल थापाथलीमा छट्पटाइरहेका छन् । गएको असोज २० गते दशैंको नवमीका दिन साँझ मण्डनदेउपूरकै रानीटारमा  पार्किङ्ग गर्न टिपर ब्याक गर्दा विपरित दिशाबाट आएको उनी चढेको स्कुटी ठोकिएको थियो । स्कुटी ठोकिए पुगेपछि शुशील गम्भिर घाइते भएका थिए ।

सोहि स्कुटीमा सवार दयाराम नेपाल भने उपचारपछि घर फर्किएका छन् । पछाडि बसेका शुशीलको अवस्थामा हाल सम्म केहि सुधार त भएको छ तर उपचारका लागि आर्थिक अभाव भएपछि परिवारमा समस्या माथि झन समस्या थपिएको छ । ना ४ ख ८३५ नं. को टिपरमा बा ६२ प ७१९० नं.को स्कुटी ठोकिएको थियो ।

शुशीलको टाउकोमा निकै गम्भिर चोट लागेका कारण उपचारमा २५ लाख जति लाग्ने अस्पतालले जनाएको छ । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकाले अहिले साथीभाईहरुको सहयोगले उपचार गराउँदै आएको स्थानिय पुष्पराज नेपालले जानकारी दिए । सबैले मानवीय सहयोग गर्ने हो भने उनको जीवन बचाउन सकिने पुष्पराजले बताएका छन् ।

स्थानिय एकता युवा समुहले शुशीलको उपचारका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेको छ। गम्भिर घाइते शुशील सोहि समुहका सदस्य पनि हुन् । २३ वर्षिय उनको उपचारका लागि सहयोग गर्न चाहनु हुनेले निजका दाई सुनिल नेपाल  (९८४५८१५५८८) तथा एकता समुहका सदस्यहरुसँग सम्पर्क गर्न सकिनेछ । पुष्पराज नेपालको सम्पर्क नं. ९८४१८३०९०३ मा पनि सम्पर्क गरि शुशीलको लागि सहयोग गर्न सकिने बताइएको छ ।

“सकेको मानवीय सहयोग गरि एक होनहार युवा साथीको जीवन रक्षाको लागि हामी सबैमा अपिल गर्दछौं “- पुष्पराजले भने ।