नेकपा बैठकको एजेण्डा: मन्त्रिमण्डल फेरबदलदेखि सभामुख चयनसम्म
file photo

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

मंगलबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बिहान बैठक बसेको हो। बैठकमा चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा भइरहेको छ ।

यो सँगै आजको बैठकमा पार्टी एकताको अन्तिम टुंगो लगाउने बिषयमा पनि छलफल हुने भएको छ।  २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन ।

त्यस्तै आजकै बैठकमा मन्त्रीमण्डल हेरफेरको बिषयमा पनि छलफल गर्ने एजेण्डा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यस्तै सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको सभामुख चयनका बिषयमा पनि छलफल गर्ने एजेण्डा तय भएको छ ।