आज तमु ल्होसार मनाइदै

आज तमु ल्होसार मनाइदै


आज  ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाउदै छन् । 

हरेक पुस वर्ष १५ मा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्दछन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यस वर्ष गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउदै छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । 

Logo