एनआरएनएमा सत्तारुढ नेकपाको वर्चस्व, कसले कति मत ल्याए ? (विस्तृत)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतले पछि पार्दै पन्त निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी आचार्यले १ हजार ७० मत प्राप्त गर्दा पन्तले १ हजार २१७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरी जोशी र आरके शर्मा तथा कोषाध्यक्षमा महेश श्रेष्ठ, सह कोषाध्यक्षमा लोक दाहाल र संयोजकमा हिमाल गुरुङ निर्वा्चित भएका छन ।

त्यस्तै क्षेत्रीय संयोजकमा मध्यपूर्वबाट प्रविन गुरुङ चयन भएका छन् । ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए । कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४ मत खसेको थियो ।

गोरखा फुजेलका स्थायी बासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसाय गर्दै आएका छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

उनी सन् १९९७ मा पढ्न ग्रीस गएका पन्तले जर्मनीबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए । जर्मनमा होटलमा काम सुरू गरेका पन्तका अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्ड लगायत देशमा २९ वटा होटल छन् । सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने उनी सन् २००९ मा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निवार्चित भएका थिए ।

२०१३ देखि १५ सम्म अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को महासचिव बनेका उनी अहिले एनआरएनको नेतृत्वमा पुगेका छन् ।

कसले कति मत ल्याए ?