#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व555979734842028774042333973
नेपाल6824566112

नेपाली राजदूतावासद्वारा राष्ट्रपतिको स्वागत

म्यान्मा,

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यङ्गोनस्थित नेपाली राजदूतावासले स्वागत गरेको छ ।

राजदूत भीमकृष्ण उदासले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत म्यान्मामा रहेका नेपाली मूलका बासिन्दाहरुको सहभागिता थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार