नेपाल टी–२० लिग अन्योलमा, आयोजक बेखबर

नेपाल टी–२० लिग अन्योलमा, आयोजक बेखबर


नेपाल टी २० लिगमा आज ९ बजेदेखि सुरुहुनु पर्ने खेल अन्योलमा परेको छ ।

सोमबारदेखि आयोजकहरु नै सम्पर्कबाहिर भएको समाचार सार्वजनिक भएको थियो । आज विहान ९ बजेको खेलका लागि दुवै टिम त्रिवि क्रिकेट मैदान पुगे पनि प्लेयिङ ११ को लिस्ट नै अझैं बुझाएका छैनन् । ९ बजेको खेल विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच खेल तय थियो । मौसम पनि ठिक रहेकाले टस विहान साढे ८ बजे हुनु पर्ने थियो । तर दुवै टिमले आफ्नो आन्तरिक कारण भन्दै टस अघि नै बुझाउनुपर्ने प्लेयिङ ११ को लिस्ट नै बुझाएका छैनन् ।

आन्तरिक कारण भनिए पनि अहिले खेलाडी र  अफिसियलहरुले कुनै पारिश्रमिक नपाएको जनाइएको छ । जसका कारण नेपाल टी २० लिग नै स्थगित हुने संघारमा पुगेको जनाइएको छ । विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबार आजदेखि खेल नखेल्ने धम्की यस अघि नै दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै सम्पर्कविहीन बनेको बताइएको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले क्यानलाई ८ वर्षको ३३ करोड रुपैयाँ तिर्ने गरी गत वर्ष नै सम्झौता गरेको थियो ।

Logo