#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219692255277145503887093763
नेपाल165313586057891

लखनउ बस दुर्घटना: दुई दर्जनभन्दा बढी घाइते, अधिकांश नेपाली

नेपालबाट भारतको नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ ।

आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ ।

घाइते हुनेहरूमा नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत रहेको जागरण अनलाइनले जनाएको छ।

घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चालक निदाएका कारण उक्त दुर्घटना भएको समाचारमा उल्लेख छ ।

ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार