#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145328053486244361506482268
नेपाल157843492036547

गायक दुर्गेश थापा पक्राउ

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिन खोजेकाले नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समावेश गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

यो गीतमा प्रयोग भएका शब्दले विकृति निम्त्याउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । उनले गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ जस्ता वाक्यहरू प्रयोग गरेका छन् ।

उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि महाशाखाले नियन्त्रणमा लिएको एसएसपी थापाको भनाई छ ।

यसअघि उनी सम्कर्प बाहिर रहेको जनाइएको थियो । यसअघि दुर्गेशले ल्याएको ‘बिच्च बिच्चमा’ बोलको गीतले बजारमा तहल्का मच्चाएको थियो ।

दुर्गेशलाई प्रहरीले खोजिरहेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीले ठिक गर्‍यो भन्ने प्रतिक्रिया धेरै आएका थिए । युट्यूबमा पनि त्यस्तै खाले कमेन्ट धेरै आएपछि दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार