यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम


देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ ।

तराईका केही भू–भागमा हुस्सु÷कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको  सामान्य  प्रभाव छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Logo