उद्यमी बन्‍ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई बिदाइ, दोस्रो ब्याचलाई स्वागत

उद्यमी बन्‍ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई बिदाइ, दोस्रो ब्याचलाई स्वागत


नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो ।

बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ ।  

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुलफोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधानगर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो ।

यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआतगर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमानवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताए । बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमाकामगर्ने उनले बताए । 

साथै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राडा डिन डिल्लीराज शर्माले कार्यक्रममा बोल्दै नबिल एसएसईमा सहभागीहरु समाज परिवर्तनका एजेन्ट रहेको बताए ।

पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेलले बताइन्। धेरै कुरा सिक्ने अवसर पाएको उनकाे भनाइ छ । यस्तै, इलामका यमबहादुर कार्की बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउँछन् । 

Logo