लुम्बिनीद्वारा जनकपुरसामु १४४ रनको लक्ष्य प्रस्तुत

लुम्बिनीद्वारा जनकपुरसामु १४४ रनको लक्ष्य प्रस्तुत


राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरका आज लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स भिड्दैछन् ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले जनकपुरलाई १४४ रनको लक्ष्य दिएको छ । लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १४३ रन बनायो । जसमा इशान पाण्डेयले सर्वाधिक ३८ रन बनाए । जनकपुरका सोमपाल कामी, जितेन्द्र मुखिया र अशन प्रियन्जनले दुई–दुई विकेट लिए । लुम्बिनी समूह चरणका ८ खेल जितेर शिर्षस्थान रहदैं क्वालिफायर हुँदा जनकपुर ७ खेल जितेर क्वालिफायर भएको हो ।

आजको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित टोलीले क्वालिफायर दुईमा अर्को मौका पाउनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पुस ९ गतेदेखि सञ्चालन भएको नेपाल टी २० लिगमा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी, तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसका साथै इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । 

Logo