नेकपा र जनमोर्चाबीच चुनावी तालमेलः बाग्लुङमा जनमोर्चा र अरु नेकपा उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाबीच मंसिरमा हुने उपनिर्वाचनका लागि चुनावी तालमेल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । सहमति अनुसार अब बाग्लुङ २ ख को प्रदेशसभा सदस्यको उम्मेदवार जनमोर्चाले पाउने भएको छ ।

त्यस्तै अन्य क्षेत्रमा नेकपाका उम्मेदवारलाई जनमोर्चाले समर्थन गर्ने सहमति भएको छ । यसअघि उक्त क्षेत्रबाट जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती विजयी भएका थिए । बिरामी परेर उनको नयाँ दिल्लीमा निधन भएको थियो । त्यसपछि उक्त पद खाली रहेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट ओलीसहित नेकपा नेताहरु बिष्णु रिमाल र राजन भट्टराई सहभागि थिए । त्यस्तै जनमोर्चाको तर्फबाट महासचिव जनकराज शर्मा, हिमलाल पुरी र कृष्ण अधिकारी उपस्थित थिए ।

ताजा समाचार

नेकपा र जनमोर्चाबीच चुनावी तालमेलः बाग्लुङमा जनमोर्चा र अरु नेकपा उम्मेदवार