निषेधको राजनीति अन्त्य हुनुपर्छ -राजेन्द्र लिङ्देन

निषेधको राजनीति अन्त्य हुनुपर्छ -राजेन्द्र लिङ्देन


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । 

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए । जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । 

देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै अध्यक्ष लिङ्देनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताए । 

Logo