नेवार समुदायको माग पूरा, कात्तिक १३ गते सार्वजनिक बिदा

सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ ।

नेवारी समुदायले १३ गते मात्रै भाइटीका गर्ने भएपछि बिदा घोषणा गरिएको हो।

पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर १३ कात्तिकमा पनि बिदा दिन आग्रह गरेका थिए ।

तिहारमा गरिने म्ह पूजा र न्हुँ द  आफ्नो समुदायको पहिचानसँग समेत जोडिएको भन्दै नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णय अस्वीकार गर्दै आएका थिए।  नेवार समुदायले कात्तिक  ११ गते लक्ष्मीपूजा, १२ गते म्हपूजा र न्हुँ द तथा १३ गते भाइटीका गर्ने भएका छन्।

यो पनि 

तिहारमा तिथि र परम्पराको लडाइँ, घरमा म्हपूजा गर्ने दिन माइतीमा भाइटीका ! (भिडियो सहित)

 

म्ह पूजा र न्हुँ दँ कहिले ? मंका खःल भन्छ १२ गते, पञ्चाङ्ग समिति भन्छ ११ र १३ गते