प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज, सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने

प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज, सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने


प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ ।

प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो ११ बजेका लागि बैठक बोलाइएको छ । प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो । उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ । सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

Logo