युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताएका छन् । 

बुधवार काठमाडौंमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका हुन् । उनले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको बताए । 

प्रधानमन्त्री दाहालले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै सो सफलतालाई कम आँक्नु नहुने बताए । उनले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिए । सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने उनले बताए । 

Logo