भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवैध मदिरा बरामद

भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवैध मदिरा बरामद


नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा रौतहटबाट प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिकबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा नियन्त्रणमा लिएको हो।

प्रहरीलाई देखेपछि गाडी चालक भने फरार भएको तथा गाडीबाट १ सय २२ कार्टुन सौफी मदिरा बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए। भारतको बिहार राज्यमा सरकारले मदिरा नषेध गरेकोले नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको प्रहरीको भनाइ छ।

Logo