मन्त्रालयकाे टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु

मन्त्रालयकाे टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु


सत्ता साझेदार दलहरुको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा सुरु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सत्ता साझेदार दलको बैठक बसेको हो । बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेकाे छ । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने प्रतिक्रिया दिइसकेका छन् । 

स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ । जसअनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । सरकारमा सहभागी हुने अन्य दलले पनि मन्त्रालय पाउने छन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँगै रास्वपाका अध्यक्ष एवं गृहमन्त्र रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 

Logo