सिर्जना सुब्बाको बेबी बम्पसहितको सेक्सी लुक्स (फोटोफिचर)

कलाकार सिर्जना सुब्बा अहिले गर्भवती छन् । उनी आमा बन्न अब केही दिन मात्रै बाँकी छ ।

केहीअघि मण्डला थिएटरमा प्रदर्शित ‘महाभोज’ नाटकमा इन्स्पेक्टर चाम्लिङको भूमिकामा देखिँदा समेत उनी गर्भवतीकै रूपमा देखा परेकी थिइन्, जसमा उनको दमदार प्रस्तुतिले दर्शकको मन तानेको थियो ।

अहिले सिर्जनाले आफ्नो जीवनकै एक विशेष अवस्थाको अवस्थाको ग्ल्यामरस फोटोसुट गराएकी छिन् । प्रकृतिले महिलालाई मात्र आमा बन्ने अवसर दिएकोप्रति गर्व गर्दै आफूले विभिन्न पोजमा तस्बिर खिचाएको उनी बताउँछिन् । केही फोटोमा उनीसँग उनका श्रीमान् पनि देखा परेका छन् ।

नितान्त आफ्ना लागि खिचिएका यी तस्बिर सार्वजनिक गर्नुको उद्देश्य गर्भावस्थालाई लिएर नेपाली समाजमा विद्यमान संकीर्ण सोचमाथि प्रहार गर्नु र एक सेलिब्रेटीले विवाह गरेर सन्तान जन्माउँदा करिअरमा असर पुग्छ भन्ने भ्रम चिर्नु रहेको सिर्जना बताउँछिन् ।
गर्भावस्थालाई एक उत्सवका रूपमा मनाउनुपर्ने उनको विचार छ ।

अभिनाश मास्के र क्लु जैनले खिचेका यी तस्बिरमा सिर्जना तेह्रथुमे ढाका बुटिकका पहिरनमा सजिएकी छन् । हेरौं गर्भवती सिर्जनाको ग्ल्यामरस लुक्स :