कार दुर्घटना हुँदा तीनजनाको ज्यान गयो

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान पनि खुल्न बाँकी छ । घटनाबारे थप विवरण आइसकेको छैन ।