भारतविरुद्ध विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई गाभेको भन्दै  प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउनेलगायतका कार्यक्रम तय गरिएको छ ।

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचेर भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् । विप्लवले आफ्नो गल्ती सच्याउन पनि भारतलाई आग्रह गरेका छन् ।