धुम्बाराहीमा रास्वपा बैठक जारी, रवि लामिछाने पनि पुगे

धुम्बाराहीमा रास्वपा बैठक जारी, रवि लामिछाने पनि पुगे


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बैठक केहीबेर ढिला गरी सुरु भएको हो । 

बैठकमा सहभागी हुन निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका छन् । आजको बैठकबाट लामिछानेलाई पुनः पार्टी सभापति घोषणा गर्ने तयारी छ । 

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । 

त्यसपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका लामिछानेलाई फेरि पार्टी सभापति पदमा चयन गर्ने तयारी गरिएको हो । हाल पार्टीको कार्यवाहक सभापति पदको जिम्मेवारी उपसभापति डोलप्रसाद आचार्यलाई दिइएको छ । 

Logo