#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व571772635298329084212456322
नेपाल8864699183

वालुवाटारमा सर्वपक्षीय बैठक शुरु

file photo

काठमाडौं,

प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक शुरु भएको छ। भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन्।

सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकार लगायतको सहभागिता छ ।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन् । यता भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार