यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम


हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति  प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

Logo