बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल

बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल


स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमो रहेको रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ५ मा झारेको छ ।

बिहिबार राति भएको खेलमा भ्यालेन्सियामाथि २–० गोल अन्तरको जित दर्ता गरेको रियलले १९ खेलबाट ४५ अंक बनाएको छ ।  शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ५० खंक रहेको छ । आफ्नै मैदानमा भ्यालेन्सियामाथि २–० गोलको जित निकाल्दा दुवै गोल दोस्रो हाफमा निस्किएका हुन् । ५२ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियलको खडेरी तोडेका थिए । करिम बेन्जिमाको पासमा उनले गोल गरेका थिए ।

यसैगरी, अग्रता लिएको २ मिनेटपछि नै रियलले अग्रता दोब्बर बनायो । बेन्जिमाकै पासमा भेनिसियस जुनियरले गोल गरेका थिए । ७२ औं मिनेटमा भ्यालेन्सियाका ग्याब्रिएल पुलेस्टाले रातो कार्ड पाउँदै मैदान छाडेपछि बाँकी समय १० खेलाडीले खेलेका थियो । तर त्यसको फाइदा भने रियलले उठाउन सकेनन् । पराजित भएको भ्यालेन्सिया १४ औं स्थानमा रहेको छ ।

Logo