मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् ।
बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए । मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।
‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’
यस्तै, मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए । मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ । मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ ।’
उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालबाट लग्नका लागि आफुहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए । सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री सामसुनले बताए ।
प्रतिक्रिया