सस्तोमा नेपाल भित्रियो २०२३ मोडलको केटीएम २५० एड्भेन्चर, कति पर्छ मूल्य ?

सस्तोमा नेपाल भित्रियो २०२३ मोडलको केटीएम २५० एड्भेन्चर, कति पर्छ मूल्य ?


नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२३ मोडलको २५० एड्भेन्चर बाइक नेपाली बजारमा भित्र्याएको छ ।  

कम्पनीले सो एड्भेन्चर बाइक इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध गराएको छ । कलर र ग्राफिक्स बाहेक यसमा अन्य कुनै परिमार्जन गरिएको छैन । सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ, जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । 

केटीएमको नयाँ एड्भेन्चर मोटरसाइकलमा सबै प्रकारका लाइटहरु एलईडी दिइएको छ जसमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप र नयाँ टेल ल्याम्प सेटअप पाउन सकिन्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन पाउन सकिन्छ । यसमा डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज छ भने पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज रहेको छ ।

साथै बीएस६ मापदण्डयुक्त इन्जिन र १४.५ लिटरको इन्धन ट्यांकी सहितको यस एड्भेन्चर बाइकको मूल्य पनि सस्तो भएको बजारमा आएको छ ।  पहिले ८ लाख २० हजार मूल्य रहेकोमा अहिले यो बाइकको मूल्य ७० हजार कम भएर ७ लाख ५० हजार मात्र तोकिएको छ ।

Logo