अभिनेत्री शिल्पा पोखरेलको रिट निवेदन खारेज, छवि र शिल्पा दुवै फरार

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलले जिल्ला अदालतको निर्णयबिरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्न आदेश दिएको हो ।

फिल्म निर्माता छवि ओझाकी जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाहको मुद्धा दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले  छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जीबिरुद्ध अभिनेत्री पोखरेलले उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा दर्ता गरेकी थिइन्।  तर उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको आदेश नै सदर गरेको थियो।  त्यसपछि अभिनेत्री शिल्पा सर्वोच्च पुगेकी थिइन् ।

छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले गत साउन ५ गते महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको अभियोगमा जाहेरी दिएकी थिइन् ।उनले  छवि र शिल्पा पोखरेलबीच भएको बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी थिइन् ।

त्यसअघि नायिका शिल्पा पोखरेलले आफूमाथि घरेलु हिँसा भएको भन्दै निर्माता छवि ओझाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गरेकी थिइन् ।

अभिनेत्री शिल्पा पोखरेलको रिट निवेदन खारेज, छवि र शिल्पा दुवै फरार