डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीले स्थगित गरे अनसन

डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्। लिपुलेकको विषयलाई समर्थन गर्दै डा. केसीले ९ दिनदेखि जारी अनसन तोडेका हुन्।

डा. केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको कुराले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।

‘भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले आम नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,’ उनले भने,  ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’

डा. केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन्। देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उनले अनसन स्थगित गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको वेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीले स्थगित गरे अनसन