सुपरमाई हाइड्रोको आइपिओ खुल्यो, क-कस्ले आवेदन दिन सक्नेछन् ?

सुपरमाई हाइड्रोको आइपिओ खुल्यो, क-कस्ले आवेदन दिन सक्नेछन् ?


सुपरमाई हाइड्रोपावरले सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ।

त्यस्तै, २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको कम्पनीले जनाएको छ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त आइपिओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म बिक्री लम्बिने कम्पनीले बताएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

Logo