मेमोरी किङ्ग शर्माले जन्मदिनमा विद्यालयलाई गरे आर्थिक सहयोग

मेमोरी किङ्ग शर्माले जन्मदिनमा विद्यालयलाई गरे आर्थिक सहयोग


तेज स्मरण शक्तिमा विश्व कीर्तिमानी मेमोरी किङ्ग अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । 

सोमबार मेमोरी किङ्ग शर्माले गृहजिल्ला झापाको भद्रपुरस्थित अरनिको माध्यमिक विद्यालय अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई  ५१ हजार रुपैयाँ बराबरको पोशाक तथा ब्याग वितरण गरेका हुन् । 

आफ्नो जन्मदिन विद्यालयसंग जोडिएर मनाउने सन्दर्भमा उनले करिब ३ घण्टा बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि संचालन गरेका थिए ।  

सो कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोख्रेलले मेमोरी किङ्गलाई जन्मदिनको शुभकामना सहित युवावयमै शैक्षिक उन्नयनमा पुर्याउँदै आएको योगदान र विश्व सामु नेपालको गौरव बढाउन गरेको अतुलनिय उपलब्धीप्रति आभार प्रकट गर्दै दोसल्ला ओढाएर सम्मान गरे । 

साथै विद्यालयका प्रअ पुरुषोत्तम खरेलले शैक्षिक रुपान्तरणमा आधुनिक शैक्षिक विधि र पद्वतिको स्थापित मान्यतामा शर्माले गर्दै आएको एउटा फरक धारको कामलाई समिक्षासहित मायाको चिनो हस्तान्तरण गरेका थिए । 

Logo