संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने उपाध्यक्ष नेम्वाङको प्रस्ताव

संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने उपाध्यक्ष नेम्वाङको प्रस्ताव


नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा पूर्वसभामुख नेम्वाङले सो प्रस्ताव राखेका हुन् । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियमनै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उनको तर्क थियो । 

उपाध्यक्ष नेम्वाङले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए । उनले पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए । 

Logo