यसै महिना सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो-एस नेपाल भित्रिँदै, यस्तो छ फिचर

यसै महिना सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो-एस नेपाल भित्रिँदै, यस्तो छ फिचर


चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभीका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने भएका छन् । केटीएम इन्टरनेसनल ट्रेडिङले सुनराको इलेक्ट्रिक स्कुटर रोबो–एस भित्र्याउने तयारी गरेको हो । 

क्लिन एन्ड स्मुथ डिजाइनले धेरैलाई लोभ्याउने यस इलेक्ट्रिक स्कुटर  निकै नै पावरफुल हुने पनि बताइएको छ । यसमा ३ हजार वाटको रेटेड पावर र ४ हजार ३ सय वाटको पिक पावर भएको मोटर जडान गरिएको हुनेछ । यसका साथै ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई ४ देखि साढे ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।

क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ । यसमा भएको वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ । साथै यस स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउने कम्पनीको दाबी छ । 

फेब्रुअरी महिना भित्रमा नेपाली बजारमा भित्र्याउने दाबी गरिएको यस इलेक्ट्रिक स्कुटरको मूल्य  ३ लाख ८० हजार रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । 

Logo