आलमको आदेश आजै, रौतहटको सुरक्षा व्यवस्था कडा

file photo

निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।  वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए ।

अदालतका ४ नम्बरका न्यायाधीश दिपक ढकालको इजलासले थुनछेक बहसको आदेश गर्नेछन् । आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ । आलममाथि १२ वर्ष अघि चुनाव प्रभावित पार्ने उद्धेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप  छ ।

आदेश आउने भएपछि रौतहट क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आलमको आदेश आजै, रौतहटको सुरक्षा व्यवस्था कडा