‘मिस्टर यूनिभर्स टुरिजम’मा नेपाल बाट श्रेष्ठ सहभागी हुँदै

फिलिपिन्समा भोलिबाट हुने ‘मिस्टर यूनिभर्स टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्दै प्रज्ज्वल श्रेष्ठ जाने भएका छन् ।

फिलिपिन्सको मकाटि शहरमा अवस्थित कोरो होटलमा आयोजना हुने कार्यक्रममा नेपालसहित अमेरिका, अस्ट्रेलिया, क्यानडा, सिंगापुर, भारत, फिलिपिन्स, इण्डोनेसिया, स्विजरल्याण्ड , पाकिस्तान , भियतनाम, श्रीलंका , थाइल्याण्ड , म्यानमार, पेरु , सिंगापुरलगायत ३० देशबाट आएका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा हुदै छ ।

नेपालका सहभागी २६ वर्षीय प्रज्ज्वल श्रेष्ठको उचाइ ५ फिट ११ इन्च छ । उनले उक्त कार्यक्रममा ट्यलेंट राउण्ड , बडी बिल्डिंग , राष्ट्रिय भेषभुषा प्रस्तुति , मोडलिङ प्रेजेन्ट आदिमा आफ्नो प्रतिभा देखाउनेछन् । ताप्लेजुङ्ग स्थाई घर भएका श्रेष्ठ लामो समय देखि मोड्लिङ्ग क्षेत्र मा आबद्द छन।

‘मिस्टर यूनिभर्स टुरिजम’मा नेपाल बाट श्रेष्ठ सहभागी हुँदै