सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १ हजार २ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

Logo