एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु हुँदै, को कहाँ खटिँदैछन् ?

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु हुँदै, को कहाँ खटिँदैछन् ?


नेकपा एमालेले आजबाट दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ सुरु गर्दैछ।

गत माघ २६ गते बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नेछन्। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ।

आजको बैठकमा अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्। एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ।

कुन नेता कहाँको जिम्मेवारी ?

प्रदेश–१

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्की।

मधेस प्रदेश

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल।

बागमती प्रदेश

उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ।

गण्डकी प्रदेश

उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा।

लुम्बिनी प्रदेश

उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे।

कर्णाली प्रदेश

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी।

सुदूरपश्चिम प्रदेश

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा।

विशेष कमिटी (केन्द्रीय कार्यालय)

महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा भीष्म अधिकारी।

Logo