संघीयताको मर्मअनुरुप आमसञ्चारसम्बन्धि कानून परिमार्जन गर्दैछाैँ -मन्त्री शर्मा

संघीयताको मर्मअनुरुप आमसञ्चारसम्बन्धि कानून परिमार्जन गर्दैछाैँ -मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन् । 

आईतवार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी  कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन् । उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन,कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताइन् । 

उनले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औँल्याइन् । 

मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमुलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पतीको संरक्षण, संवद्र्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरु खोज्न सुझाव दिइन् । 

Logo