पोखरामा यात्रुवाहक बस दुर्घटना

पोखरामा यात्रुवाहक बस दुर्घटना


पोखरामा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार दिउँसो बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । 

दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भैरहेको प्रहरीले जनाएको छ । यद्यपी दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo