नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर

नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर


पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानिय अस्पतालले जनाएको छ ।

पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो । सो पछि उपचार हुदाँ नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको र उनले केही समय उपचार गर्नु पर्ने पिएसजीले जानकारी दिएको छ ।

दोस्रो हाफमा लिलका बेन्जामिन एन्ड्रेसँग ठोक्किँदा दाहिने एन्कलमा दबाब परेपछि उनी लडेका थिए । चोटकै कारण उनी ५१औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । खेलको १७औँ मिनेटमा नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका थिए । तर, नेयमार कति समय खेल बाहिर रहने हो ? त्यो भने पिएसजीले बताएको छैन

Logo